बिराटनगर १४ असोज
नेपाल फार्मासिस्ट अर्गानाइजेशन विराटनगरले कोशी अस्पताल विराटनगरमा भर्ना भएका बिरामी र बिरामीका कुरुवाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
विराटनगरस्थित कोशी अस्पतालमा पुगेर अर्गनाइजेशनले अस्पतालमा भर्ना भएका बिरामी र बिरामीका कुरुवाहरुलाई हिजो मास्क र सेनिटाइजर प्रदान गरिएको हो । लकडाउन सुरु भएदेखि नै नियमित रुपमा आमसर्वसाधारणलाई अर्गनाइजेशले मास्क र सेनिटाइजर निःशुल्क वितरण गर्दै आइरहेको कार्यक्रम संयोजक विश्वनारायण चौधरीले बताउनुभयो । उहाँले बिरामी र बिरामीका कुरुवाहरुलाई कोरोना रोगबाट सुरक्षित रहन मास्क र सेनिटाइजर प्रदान गरिएको बताउनुभयो । अर्गनाइजेशनले समाजमा विभिन्न सामाजिक काम गर्दै आइरहेको फर्मासिस्ट विकाश साहले बताउनुभयो । कार्यक्रममा प्रदेश ने १ फार्मासिस्ट आपूर्ति विभागका प्रमुख शम्भु साह, कोशी अस्पताल विराटनगर फार्मेसी विभागका प्रमुख भरत साह र डा. शिवशंकर साहलगायतका व्यक्तिहरुको उपस्थितिमा मास्क, सेनिटाइजर प्रदान गरिएको थियो ।