काठमाण्डौ १३ असोज
नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र रिजाल (शशि) ले नेपाली मिडिया विज्ञापनको दररेटको सम्बन्धमा अझै पनि स्पस्ट हुन नसकेको बताउनुभएको छ । नवगठित मिडिया एलायन्सका पदाधिकारीहरुको स्वागत गर्न हिजो संघले काठमाडौंमा आयोजना गरको कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले मिडियामा हुने विज्ञापनको दररेट कति हो भन्ने सम्बन्धमा अझैपनि स्पस्ट हुन नसकिएको बताउनुभएको हो । विज्ञापन बोर्ड गठन भए मात्रै सबै मिडियाका विज्ञापनको दररेटको सम्बन्धमा नियमन हुने पनि उहाँको भनाइ छ । विज्ञापन बोर्ड गठन नभएसम्म विज्ञापनको दररेटको निक्र्यौल हुन नसक्ने पनि उहाँले बताउनुभयो । त्यसैले विज्ञापन संघले सरकारसँग सँधै विज्ञापन बजारलाई नियमन गर्ने निकायको रुपमा विज्ञापन बोर्ड गठन गर्न माग गर्दै आएको बताउनुभयो । उहाँले सरकारसँग विज्ञापनसँग सम्बन्धित विज्ञता नहुँदा विज्ञापनमा व्यवसायिकता देखिन नसकेको उहाँले बताउनुभयो । सरकारले अवस्था बुझेर नियामक निकाय ल्याएमा थप ७ अर्बको व्यवसाय विस्तार हुने पनि उहाँले बताउनुभयो ।