Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > कोरोनाको त्रासका कारण बन्द भएको भोजपुरको साप्ताहिक हटिया शुरु

कोरोनाको त्रासका कारण बन्द भएको भोजपुरको साप्ताहिक हटिया शुरु

भोजपुर ११ असोज
कोरोनाको त्रासका कारण बन्द भएको भोजपुरको साप्ताहिक हटिया शुरु भएको छ । भिडभाड हुने भन्दै भोजपुरमा लाग्ने हटियाहरु बन्द भएका थिए । लकडाउन खुलेसँगै भोजपुरमा लाग्ने शनिवारको हटिया समेत पुन सुचारु भएको हो । जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले लकडाउन खुले पनि सावधानी अपनाउँदै सामाजिक दुरी कायम गर्न सवैसँग आग्रह गरेको थियो । आफुले उत्पादन गरेका तरकारी तथा अन्य बस्तुहरु हटियासम्म ल्याएर बिक्री गर्न नपाएकाले सावधानी अपनाएर हटियामा ल्याएर बिक्री गरेको ब्यवसायीहरुले बताएका छन । आफुले उत्पादन गरेका सामाग्रीहरु हटिया लगेर बिक्री गर्न नपाउँदा आर्थिक समस्या समेत भएको ब्यवसायी नरेन्द्र कुमार श्रेष्ठले बताउनु भयो । उहाँले कोरोना संक्रमण तर्फ पनि सचेत भएर उत्पादित सामाग्रीहरु बजारमा ल्याएर बिक्री बितरण गर्नुपर्ने बताउनुभयो । हटिया खुले पछि भिडभाड बढने भएकाले सावधानी अपनाउन स्थानीय प्रशासनले सवैलाई आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *