Friday, November 22, 2024
Home > मुख्य समाचार > लकडाउनको समयमा समेत काम नरोकिएपछि मोरङको विराटचौक–घिनाघाट सडकखण्डको निर्माण कार्य तोकिएकै मितिमा निर्माण सम्पन्न हुनेमा स्थानीय आशावादी

लकडाउनको समयमा समेत काम नरोकिएपछि मोरङको विराटचौक–घिनाघाट सडकखण्डको निर्माण कार्य तोकिएकै मितिमा निर्माण सम्पन्न हुनेमा स्थानीय आशावादी

सुन्दरहरैँचा मोरङ १० असोज
पूर्व क्षेत्रलाई प्रदेश १ को राजधानी विराटनगर जोड्ने प्रदेश १ सरकारको गौरवको आयोजना रहेको मोरङको विराटचौक–घिनाघाट चारलेन सडकखण्डको निर्माण अहिले धमाधम भईरहेको छ । लकडाउनको समयमा समेत निर्माणले निरन्तरता पाएपछि तोकिएकै मितिमा सम्पन्न हुनेमा स्थानीय आशावादी देखिएका छन । यो सडक खण्डबाट प्रदेश नं १ को राजधानी विराटनगरतर्फ प्रवेश गर्न पूर्वक्षेत्रका बासिन्दालाई सहज हुने प्रदेश सरकारको बुझाइ रहेको छ । यो सडकको निर्माणकार्य सम्पन्न भएपछि विराटनगर–इटहरीको सवारी चाप घट्नुका साथै पूर्वबाट विराटनगर आउन जान दुरी समेत कम हुने छ । चार लेनको सडक निर्माणले उत्तरी मोरङका मात्र नभएर पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रुलाई समेत सुविधा हुने छ । सडकलाई विराटचोकदेखि नेताचोकसम्म र नेताचोकदेखि मिलनचोकसम्म दुई खण्डमा विभाजन गरी २० किलोमिटर ठेक्का लगाएर काम नियमित भैरहेको छ । १ अर्ब ४० करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको सडकको निर्माण सम्झौता अनुसार निर्माण कम्पनीले २०७८ असार मसान्तभित्रमा काम सकेर यो प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ । प्रदेशकै गौरवकै योजना भएकोले दवावका कारण लकडाउनको अवधिमा समेत सामाजिक दुरी कायम गरेर काम चालू गरिएको निर्माण पक्षले जनाएको छ । सडकको कामलाई नजिकबाट निहालिरहेका स्थानीयले पनि लकडाउनमा समेत निर्माणकार्य नरोकिएको भन्दै समयावधिमा निर्माण सम्पन्न हुने अपेक्षा गरेका छन । समग्र प्रदेशकै गौरवको आयोजना भएको यो सडकले सामाजिक आर्थिक राजनैतिक हिसाबले र मोरंग जिल्लाकै सदरमुकाम तथा प्रदेशको राजधानी बिराटनगर जान सहज हुने प्रदेश सांसद राजकुमार ओझा बताउनु हुन्छ। सोही क्षेत्रका जनप्रतिनिधी रहनु भएका सांसद ओझाले समयमै र गुणस्तरीय रुपमा काम सकाउने गरि नियमन र खबरदारी भईरहेको बताउनुभयो । यो सडक निर्माण हुँदा ग्रामथान गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकालाई छोएको हुनाले त्यहाँका जनतालाई सहजता हुनेछ । यस्तै पहाडी क्षेत्रबाट आउन जानका लागि बिराटनगर छोटो दुरी हुने सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालको भनाई रहेको रहेको छ ।  प्रदेश राजधानी विराटनगर प्रवेश गर्ने दोस्रो मूल ढोकाको रूपमा हेरिएको यो सडक निर्माण कार्यको आवश्यक नियमन र अनुगमन गर्न पति उत्तिकै जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *