बिराटनगर ९ असोज
पर्खाल भत्किएर किच्दा विराटनगरमा एक महिलाको मृत्यू भएको छ ।
बिराटनगर महानगरपालिका वडानम्बर–१५ रानीकी ५५ बर्षीया समिरु निसाको पर्खाल भत्किएर किच्दा मृत्यु भएको हो । हिजो बिहान कलमा पानी लिन जाँदै गर्दा सोहि स्थानमा रहेको बिराट जुट मिलको पर्खाल भत्किएर किच्दा उनि गम्भिर घाईते भएकी थिईन । घाइते समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।