Friday, November 22, 2024
Home > आर्थिक समाचार > झापाको अर्जुनधाराकी एक महिलाले अर्गानिक तरकारी खेतीसँगै बाख्रा पालन व्यवसायबाट राम्रो आम्दानी गर्दे

झापाको अर्जुनधाराकी एक महिलाले अर्गानिक तरकारी खेतीसँगै बाख्रा पालन व्यवसायबाट राम्रो आम्दानी गर्दे

झापा ७ असोज
झापा अर्जुनधारा नगरपालिका–९ बारघरे कठरडाँडाकी इन्दु राजवंशीको गरिबीका कारण बाल्यकाल दुःखमै बित्यो । गरिबीका कारण उनले विद्यालय गएर पढ्न पनि पाइनन् । पढ्ने बेलामा उनले विवाह गरेर पराइघर जानू पर्याे । हरियालीमा हुर्केकी ईन्दुलाई बिहे गरेर गएको नयाँ ठाउँ मन परेन । उनी केही गर्ने अठोटका साथ जन्मथलो फर्किन र आफ्नै पुर्खाैली पेसालाई निरन्तरता दिईन । केही गर्छु भन्ने सपना बोकेर माइती गाउँ फर्किएकी ईन्दुले तरकारी खेती गर्न थालिन । अर्गानिक तरिकारी खेतिबाट उनले राम्रो फाईदा लिन सफल भईन । सुरुमा स–सानो खर्चका लागि पनि श्रीमानको भर पर्नुपर्नेमा अहिले ईन्दुलाई कुनै समस्या छैन । अरु भन्दा पनि ठूलो कुरो त उनी स्वावलम्बी भएकी छिन । छोरोछोरी पढाएकी छिन । २ कठाबाट सुरु भएको उनको तरकारी खेति अहिले बढेर ४ बिघामा फैलिएको छ । तरकारी खेतिका अतिरिक्त ईन्दुले बाख्रापालनसमेत गरेकी छिन । ईन्दुका श्रीमान भने स्वदेशमै बिल्डिङ्गको काम गर्नुहुन्छ । दैनिकरुपमा ईन्दुको तरकारी खेतिमा ३ जनाले रोजगारीसमेत पाएका छन् भने आवश्यकताअनुसार दैनिक १०–१५ जना काम गर्ने मानिसको खाँचो हुने गरेको उनी बताउछिन । हरेक पेसामा समस्या र चुनौति छन् । चुनौति विनाको कुनै पेसा छैन तर चुनौतिलाई अवसरको रुपमा प्रयोग गर्नु पर्ने उनको मत रहेको छ । जमिन्दारले कागज नदिंदा फर्मको रुपमा दर्ता गर्न नसके पनि उनले भाडामै जग्गा लिएर, आफ्नै देशमा श्रम गरेर राम्रो आम्दानी कमाउन सफल भईकी छिन । ऊबेला आफूले पढ्न नपाए पनि तरकारी खेती गरेरै उनले आफ्ना छोराछोरिलाई भने पढाएकी छिन । यति मात्र होईन आफ्नै घडेरी लिएर त्यसमा एउटा पक्का घरको निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । उनी विदेशिएर अनेकन दुःख भोग्नुभन्दा स्वदेशमै केही गर्न सुझाब दिन्छिन् । अर्काको जग्गामा भाडामा लिएर तरकारी खेती गर्दा जग्गाधनीसंग कुनै सम्झौता हुन नसक्दा फर्म दर्तादेखि अनुदान पाउन नसकेकोमा भने उनलाई साह्रै दुःख लागेको छ । इन्दुजस्ता उद्यमी धेरै किसानहरु असङ्गठित रहेकोले उनीहरु राज्यबाट पाउने सुविधा पाउन नसकेको, उनीहरुलाई सङ्गठित गर्दै कृषिमा आत्मनिर्भर बनाउन व्यावसायिकरण गर्ने नगरले नीति ल्याएको कृषि विकास शाखा प्रमुख उर्मिला राजबंशी बताउछिन । जमिन भाडामै लिएर वर्षाैदेखि कृषि कर्ममा रमाउने इन्दुजस्ता किसानको आज खाँचो छ । यस्ता मेहनती किसानले कानुनी झन्झटका कारण राज्यबाट पाउने सुविधाबाठ बन्चित हुनु साह्रै दुखको कुरो हो । यस्ता मेहनती किसानलाई राज्यले चिन्नु जरुरि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *