Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > बिरगंजको नारायणी अस्पतालको बहिरंग लगायत अन्य सेवाहरु सुचारु

बिरगंजको नारायणी अस्पतालको बहिरंग लगायत अन्य सेवाहरु सुचारु

बिरगंज ६ असोज
बिरगंजको नारायणी अस्पतालको बहिरंग लगायत अन्य सेवाहरु सुचारु भएको छ ।
पछिल्लो समय निजी स्वास्थ्य संस्थाहरुमा महङ्गो मुल्य तिरेर उपचार गराई रहेका यहाँका स्थानीयलाई नारायणी अस्पतालको सेवा सुचारु भए पछि राहत मिलेको हो । समुदाय स्तर मैं फैलिएको कोरोनाको प्रभाव केहि कम भएकोले बिशेष सुरक्षा अपनाएर बहिरंग लगायत अन्य सेवाहरु असोजको १ गतेबाट सुरु भएको बरिष्ठ चर्मरोग बिशेषज्ञ तथा अस्पतालका प्रवक्ता डाक्टर अतुलेस चौरसियाको भनाई छ । धेरै दिन सम्म उपचार सेवा बन्द गरेर बस्न नसकिने उहाँको भनाई छ । अस्पतालमा सेवा लिने सेवाग्राहीहरुको चाप बढेको भए पनि दैनिक २५ जनाको उपचार भईरहेको प्रवक्ता डाक्टर चौरसियाले बताउनुभयो । नारायणी अस्पतालमा पनि अधिक चिकित्सक पनि कोरोना संक्रमित भएकोले जनशक्ति अभावका कारण दैनिक २५ जनालाई मात्रै भए पनि उपचार गर्न सुरु गरिएको प्रवक्ता चौरसियाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *