काठमाण्डौ ५ असोज
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो ६ महिला र ४ जना पुरुषको कारोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ४०, ६० र ६३ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पा ४० वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै धनुषामा ७६, काठमाडौंमा ८२, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ । हिजो १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण भएकोमा महिला ४ सय ६९ र पुरुष ८ सय ५६ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ । काठमाडौंमा ६ सय २, भक्तपुर १ सय १ र ६४ जनामा संक्रमण देखिएको छ । हिजो देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ जना रहेका छन् । हिजो १ सय ९० जना आइसियु र ३६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा रहेका छन । हिजो ९ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । हिजोसम्म ४६ हजार २ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन ।