Friday, November 22, 2024
Home > आर्थिक समाचार > नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै

नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै

काठमाण्डौ ५ असोज
नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै गएको छ ।
आजकाल नेपालीहरुको भान्सा प्याज र गोलभेडा बिना करिब अपुरो हुने स्थिति आइसकेको छ । प्याजको खपत विभिन्न परिकार बनाउँदा प्रयोग गर्ने देखि लिएर सलादको रुपमा खाने सम्मको छ । त्यसैले पनि प्याजको महत्व पछिल्लो समय बढ्दै गएको छ । खपत बढ्दै जाने तर उत्पादन कम हुने स्थिति र अर्बौं रुपैयाँको प्याज भारतबाट आयात हुने भएकाले भारतले निर्यात रोक्दा नेपालको बजारमा प्याजको भाउ आकासिने गर्छ । केहीदिन यता नेपाली बजारमा प्याजको भाउ आकासिएको छ । जसको मुख्य कारण भारतले निर्यात रोक्नु नै हो । वरिष्ठ बागवानी विकास अधिकृत भरतबहादुर आचार्यका अनुसार तथ्याङ्कगत आधारमा हेर्दा नेपालको उत्पादनले खपत धान्न नसक्ने भएपनि आयात रोकिदैमा मूल्यमा तीव्र उतारचढाव आउने स्थिति भने देखिदैन् । उहाँले नेपालमा करिब ४ लाख मेट्रिकटन वार्षिक खपत हुने गरेको र नेपालको उत्पादन ३ लाख मेट्रिकटन रहेको बताउनुभयो । आयातको सन्दर्भमा गत वर्ष पनि भारतले निर्यात रोक लगाउँदा केही खपत घटेको वरिष्ठ बागवानी विकास अधिकृत आचार्यको भनाइ छ । तर सहज अवस्थामा बढीमा पनि साढे ४ लाख मेट्रिकटन प्याज खपत हुन्छ । जुन नेपालको उत्पादनले धान्न नसक्ने स्थिति भएपनि मूल्यमा अत्याधिक वृद्धि हुने स्थिति नरहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *