Monday, November 25, 2024
Home > राष्ट्रिय समाचार > कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै झापामा प्रदर्शन

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै झापामा प्रदर्शन

झापा ४ असोज
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै झापामा सर्वसाधरणले प्रदर्शन गरेका छन् ।को पक्षमा सर्वसाधरण युवाहरुले स्वस्फूर्त रुपमा शान्तिपुर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले घिसिङको पक्षमा प्लेकार्ड बोकेर बिर्तामोड परिक्रममा गरेका थिए । परिक्रममा पछि मुक्तीचोकमा भेला भएका युवाहरुले देशको अन्धकार हटाउने ब्यक्तिलाई फालेर राजनीतिक नियुक्त हुने खेल भएको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले ‘हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई पुनःनियुक्ति गर’ ‘भ्रष्टचारको अन्त्य गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । दैनिक १८ घण्टाको लोडसेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्याउन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *