बिराटनगर ३ असोज
सिजी फूड्स (नूडल्स)ले एक कार्यक्रमका बीच वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोत्ता विजेता विराटनगर–३ पोखरीयाकी पवित्रा कटवालाई स्कुटी उपहार प्रदान गरेको छ । विराटनगर–३ स्थित शंकर चौकमा वाइवाइजीङ्ग तयारी चाउचाउको उपभोक्ता उपहार योजनाअन्तर्गत विराटनगर–३ पोखरीायाकी कटवालाई सिजी फूड्स (नूडल्स)ले हिजो एक कार्यक्रमको आयोजना गरी उपहार प्रदान गरेको हो । सिजी फूड्स(नूडल्स)ले उपभोक्ता उपहार योजनामार्फत आफ्नो उत्पादनलाई देशव्यापी बनाउने उद्देश्यले उपहार योजना ल्याएको सिजी फूड्स(नूडल्स)का प्रदेश नम्बर १ का प्रमुख पूण्यप्रसाद लुईटेलले बताउनुभयो । उहाँले स्कुटरको चाबी हस्तान्तरण गर्नुहुँदै वाइवाइजीङ्ग तयारी चाउचाउको उपहार योजना एक रुपैयाँदेखि स्कुटरसम्म रहेको जानकारी दिनुभयो । उपहार ग्रहण गर्नुहुँदै स्कुटर विजेता कटवालले सिजी फूड्स(नूडल्सलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले स्कुटर उपहार जितेर निकै खुशी लागेको बताउनुभयो । उहाँले सुरुमा सिजी फूड्स(नूडल्स)ले उपहार परेको छ, भन्दा आफूलाई पत्यार नलागेको तर सिजी फूड्स(नूडल्स)ले हिजो वाइवाइजीङ्ग तयारी चाउचाउको स्कुटर उपहार दिँदा आफू र आफ्ना परिवार खुशी भएको बताउनुभयो । सिजी फूड्स(नूडल्स)ले वाइवाइजीङ्ग तयारी चाउचाउकको उपहार योजनाअन्तर्गत सुनसरी धारान–१५ की सुप्रिया श्रेष्ठ र मोरङ उर्लाबारी–३ का कैलाश राईलाई स्कुटर उपहार प्रदान गरिसकेको प्रमुख लुइँटेलले जानकारी दिनुभयो ।