बिराटनगर ३ असोज
लकडाउनबाट प्रभावित सडकमा रहेका अति विपन्न वर्गलाई विराटनगरका केही युवाहरुले लामो समयदेखि खाना वितरण गर्दे आएका छन । सो अभियानका लागि समाजसेवी दिनेश श्रेष्ठले सहयोग गर्नुभएको छ ।
युवाहरुले विराटनगरको वसपार्क लगायतका स्थानमा भोकभोकै रहेका विपन्नलाई हरेक दिन खाना खुवाउदै आएंका छन । युवाहरुले गरेको मानवीय सेवाको कामलाई थप उर्जा प्रदान गर्ने उदे्श्यले पितृको सम्झनामा एक सय ९८ जनालाई खानाको लागि सहयोग गरेको समाजसेवी दिनेश श्रेष्ठले बताउनुभयो । उहाँले युवाहरुको यो अभियान निकै नै प्रभावकारी रहेको पनि बताउनुभयो । लकडाउनको प्रभावले सडकमा रहेका अति विपन्नहरुले खान नपाएको देखेर आफूहरुले सडकमा बस्ने अतिविपन्न र मागेर खानेहरुलाई खाना खुवाउन थालेकोे सामाजिक अभियन्ता ओसीम आलमले बताउनुभयो । उहाँले यसरी निशुल्क रुपमा विपन्नलाई खाना खुवाउन थालेको हिजो एक सय सात दिन भएको समेत जानकारी दिनुभयो ।