Friday, November 22, 2024
Home > मुख्य समाचार > बारामा २ सातामा बनाउने भनिएको ५ सय शैयाको आइसोलेसन केन्द्र एक महिना बितिसक्दासमेत निर्माण सुरु नै हुन सकेन

बारामा २ सातामा बनाउने भनिएको ५ सय शैयाको आइसोलेसन केन्द्र एक महिना बितिसक्दासमेत निर्माण सुरु नै हुन सकेन

बारा ३ असोज

प्रदेश दुईमा कोरोना संक्रमितको बढ्दो चापसँगै कोरोना संक्रमितको उपचारका लागि प्रदेश २ सरकारले बनाउने २ सातामा बनाउने भनिएको ५ सय शैयाको आइसोलेसन केन्द्र एक महिना बितिसक्दा समेत निमार्ण समेत सुरु हुन सकेको छैन । प्रदेश सरकारले नै लिखित अनुमति नदिदा निमार्ण अन्योलमा परेको छ । प्रदेश सरकारले जिल्ला विपत व्यवस्थापन समिति बारालाई तोकिएको रकम र स्थानको लिखित अनुमति नदिएकै कारण पाँच सय शैय्याको आइसोलेशन केन्द्र अन्योलमा परेको हो । दुई साता भित्र सम्पन्न गरिने तयारी थालिएको भनिएता पनि आइसोलेशन केन्द्र एक महिना बित्न लाग्दा पनि सुरु समेत हुन सकेको छैन । प्रदेश सरकारले जिल्ला विपत व्यवस्थापन समिति बारालाई काम गर्न छुट्याएको एक करोड ७० लाख खर्चको आधार बनाएर पत्राचार गर्दा समेत अनुगमन र अवलोकन पछि मात्रै भनेका कारण संकटको अवस्थामा आइसोलेशन केन्द्रको काम रोकिएको हो । प्रदेश सरकारले लिखित अनुमति नदिए कै कारण अहिले काम रोकिएको साथै प्रदेश सरकारसँग लिखित अनुमति माँग्ने काम भईरहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । कोरोना संक्रमितलाई राख्न ठाउँ अभाव भए पछि प्रदेश सरकारले थप पाँच सय शैय्याको आइसोलेशन केन्द्र निर्माण गर्न भनेपनि एक महिना सम्म पनि नबन्दा स्थानीयले बिरोध गरेका छन । संकटमा बेला समेत संवेदनशील काममा सरकारले ढिलासुस्ती गरेको प्रति उनीहरुले आक्रोश पोखेका छन । अस्थायी आइसोलेशनमा विरामीहरुका लागि राम्रो व्यवस्था नभए पछि बारामा कोरोना संक्रमितहरु होम आइसोलेशनमा बस्न बाध्य भएका छन् । प्रदेश सरकारले बृहत रुपमा घोषणा गरी प्रदेश दुईमा देश कै नमुना आइसोलेसन अस्पताल बनाउँने घोषणा गरेको भएता पनि त्यो निर्णय कागजमै सिमित बनेको छ । प्रदेश सरकारकै कारण निर्णय कार्यावन्यन हुँन नसके पछि प्रदेश सरकार बारामा थप आलोचित बन्न थालेको छ । उपचार र अस्पतालमा बेड अभाव भए पछि जिल्लामा दुई सय जना बढी संक्रमित स्वास्थ्य मापदण्ड बिनैं होम् आइसोलेसनमा बस्न बाध्य भएका छन् । पछिल्लो तथ्याङ अनुसार बारामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ५३ पुगेको छ । जिल्लामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भईसकेको छ । जिल्लामा दुई सय ९५ जना आइसोलेशन रहेका मध्ये दुई सय जना होम आइसोलेशनमा रहेको छन् । बारामा अहिलेसम्म आठ सय ३९ जना संक्रमण मुक्त भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *