काठमाण्डौ ३ असोज
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ५ जना पुरुषको मृत्यु भएको हो । काठमाडौंमा ८५ वर्षिया महिला र ८८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८२ वर्षिय पुरुष र ललितपुरमा ६६ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै मोरङमा ६६ वर्षका २ जना पुरुषको मृत्यु भएको छ । यस्तै नवलपरासी ६६ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ । हिजो नेपालमा २ हजार २० जनामा कोरोना पुष्टि भएको छ । ११ हजार ४ सय ५८ जनामा पीसीआर परीक्षण भएकोमा महिला ६ सय ३९ र १३ सय ८१ पुरुषमा संक्रमण देखिएको हो । हिजो काठमाडौंमा ६ सय ८९, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण देखिएको छ । हिजो देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ । हिजो आइसियुमा १ सय ७३ र भेन्टिलेटरमा ३६ जना संक्रमित उपचाररत रहेका छन । हिजो ८ सय ७१ जना संक्रमित डिस्चार्ज भएसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।