Friday, November 22, 2024
Home > अन्तराष्ट्रिय समाचार > सामुन्द्रिक आँधीका कारण अमेरिकाका ५ लाख बढी घर तथा व्यापारिक केन्द्रमा क्षती

सामुन्द्रिक आँधीका कारण अमेरिकाका ५ लाख बढी घर तथा व्यापारिक केन्द्रमा क्षती

एजेन्सी २ असोज
अमेरिकाको अल्बामा तथा फ्लोरिडा राज्यमा सामुन्द्रिक आँधीका कारण ५ लाख बढी घर तथा व्यापारिक केन्द्रमा क्षती पुगेको छ । आँधीका कारण रुखहरु बाटोमा ढल्नुका साथै बिद्युत आपुर्तीसमेत ठप्प भएको रोयटर्सले जनाएको छ । १ सय १३ किलोमिटर प्रति घण्टाको वेगमा रहेको आंधी र वर्षाले अल्बामा क्षेत्रमा पहिरो समेत भएको छ । पछिल्लो २४ घण्टामा मात्र सो क्षेत्रको समुन्द्री किनारको सतह ४६ सेन्टिमिटरले बढेको छ । पेन्साकोटा, फ्लोरिडा क्षेत्रको सडकमा मात्र ५ फिटसम्म पानी भरिनुका साथै सडक तथा पुलमा क्षती पुगेको छ । अल्बानाका गर्भनर केइ लेभीले स्थानीयलाई घरभित्र बस्न आग्रह गर्दै ढलेका रुख तथा क्षतीग्रत बिजुलीका तार छेउमा नजान आग्रह गर्नुभएको छ । सो आँघीबाट ३ अर्ब डलर बराबरको क्षती पुग्न सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *