Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रदेश–१ को प्रदेशसभा भवन ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी हिजो शिलान्यास

प्रदेश–१ को प्रदेशसभा भवन ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी हिजो शिलान्यास

बिराटनगर २ असोज
प्रदेश १ को प्रदेशसभा भवनको शिलान्यास गरिएको छ ।
प्रदेशसभा बैठकका लागि भवन साँघुरो भएपछि नयाँ भवन निर्माण गर्न लागिएको हो । प्रदेश सभा भवनको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल,प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला लगायतले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सरकारले पहिलो संरचनाको रुपमा प्रदेशसभा भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो । भण्डारीले प्रदेशसभा भवन कहाँ रहन्छ भन्ने विषयमा विभिन्न किसिमका टिकाटिप्पणी भइरहेको अवस्थामा नयाँ भवनको शिलान्यासले प्रदेश सभाको स्थायी संरचना कहाँ रहने भन्ने अन्योल हटेको बताउनुभयो । कार्यक्रममा प्रदेश सभाका सचिव गोपाल पराजुलीले प्रदेश सभा भवन नहुँदा धेरै समस्या झेल्नु परेको बताउनुभयो । उहाँले प्रदेशसभाको हलमा पानी पसेर हैरानी वेहोर्नु परेको बताउनुभयो । हल साँघुरो हँुदा कोरोना महामारीका कारण दूरि कायम गर्नुपर्ने भएपछि तीन वटा हलको प्रयोग गर्नुपर्ने अवस्था आएको, सांसदलाई टेवुलको व्यवस्था गर्न नसकिएको, पत्रकारका लागि बस्नेठाउँ अभाव भएकोलगायतका थुप्रै समस्या झेल्नु परेको बताउनु भयो । पराजुलीले ६ महिना भित्र निर्माण सम्पन्न गर्नेगरी स्वामी निर्माण कम्पनी धरानलाई २ करोड ५१ लाख रुपैयाँमा ठेक्का दिइएको जानकारी दिनुभयो । कार्यक्रममा उपसभामुख सरस्वती पोखरेल, आन्तरिक ममिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, प्रमुख प्रतिपक्षी दलको नेता राजीव कोइराला लगायतले शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *