Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक पदमा पूर्ति हुन नसकेको कांग्रेसको आरोप

प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक पदमा पूर्ति हुन नसकेको कांग्रेसको आरोप

ललितपुर १ असोज
नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक पदमा पूर्ति हुन नसकेको आरोप लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा क्रियाशिलता बढाएको आरोप कांग्रेसको छ । लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षीलाई दिन नहुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । राम्रा कामहरुको जस सरकारले लिन खोज्नु स्वभाविक भएपनि काममा ढिलासुस्ती, गर्न नसकेका÷नगरेका कामहरुमा प्रतिपक्षीलाई दोषि देखाउने प्रवृति प्रधानमन्त्री ओलीमा रहेको उहाँले बताउनुभयो ।
१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । प्रतिपक्षी दलले बार्गेनिङ गरिरहेका कारण पदपूर्तिमा ढिलाइ भइरहेको भन्दै प्रचार भइरहेका बेला शर्माले लामो समयसम्म प्रदेशहरुको समेत नामाकरण गर्न नसक्ने सत्तारुढ दलले संवैधानिक निकायमा प्रतिपक्षीका कारण पदपूर्ति गर्न नसकिएको भने र प्रचार गर्न नहुने उहाँले बताउनुभयो । अहिलेसम्म पनि मधेशी, दलित र आदिवासी जनजाति आयोगले अध्यक्ष पाएका छैनन । यी आयोगमा अध्यक्ष सहित ४ जना अन्य पदाधिकारी रहने व्यवस्था रहेको छ । शर्माले कुनै पनि नियुक्ति गर्दा हामीलाई यो पद दिनुपर्छ भनेर विन्ति नचढाएको उहाँले बताउनुभयो । संवैधानिक परिषदको व्यवस्थाअनुसार राज्यका महत्वपूर्ण अंगहरुमा नेतृत्व चयन गर्दा सबैको साझा स्वामित्व हुनुपर्छ भन्ने धारणा कांग्रेसका भएपनि आफुहरुले पदका लागि कुनै बार्गेनिङ नगरेको उहाँले प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *