Monday, November 25, 2024
Home > मुख्य समाचार > विश्वकर्मा पुजा,देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरिदैं

विश्वकर्मा पुजा,देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरिदैं

बिराटनगर १ असोज
आज असोज १ गते अर्थात विश्वकर्मा पुजा । कोरोना संक्रमणका बीच देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरिदैंछ ।
विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग पुजाआजा गरी मनाउने गर्दछन् । आज सवारी साधन मेसिनहरुको पूजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सबैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ । मुलुकका विभिन्न भागका उद्योग र कारखानामा आज मजदुरले ध्वजा सजाएर उत्साहपूर्वक विश्वकर्माको पूजा गरिरहेका छन् । आज औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरलाई विदा दिने चलन छ । उद्योगी र श्रमिकबीचको आपसी सम्वन्ध बलियो पार्न यो दिनलाई महत्वपूर्ण अवसरका रुपमा लिइन्छ । श्रमिकले श्रमका देवताका रुपमा विश्वकर्माको पूजा गर्छन् । पौराणिक कथाअनुसार विश्वकर्मालाई वास्तुका छोरा मानिन्छ । पौराणिक युगका सबै राजधानी बाबा विश्वकर्माले निर्माण गरेको जनविश्वास छ । सत्ययुगको स्वर्गलोक त्रेतायुगको लंका द्वापर युगको द्वारिका सबैमा विश्वकर्माको कला पोतिएको धामिर्क मान्यता छ । यही विश्वासमा अहिले पनि धनधान्य र सुख समृद्धिको चाहना राख्नेहरुले विश्वकर्माको पूजा गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *