Monday, November 25, 2024
Home > मुख्य समाचार > प्रदेश १ मा मुख्यमन्त्री अत्याबश्यक सेवा केन्द्र सञ्चालनमा ल्याईने

प्रदेश १ मा मुख्यमन्त्री अत्याबश्यक सेवा केन्द्र सञ्चालनमा ल्याईने

बिराटनगर ३१ भाद्र
प्रदेश १ सरकारले मुख्यमन्त्री अत्याबश्यक सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।
प्रदेश १ को हिजो सम्पन्न मन्त्री परिषद्को बैठकले मुख्यमन्त्री अत्याबश्यक सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७ स्विकृत गर्ने निर्णय गरेपछि मुख्यमन्त्री अत्याबश्यक सेवा केन्द्र सञ्चालनको बाटो खुलेको हो । प्रदेश विपद् व्यवस्थापन ऐनमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनमा ल्याउने व्यवस्था छ । सोहि ऐन अन्तर्गत रहेर प्रदेश सरकारले मुख्यमन्त्री अत्याबश्यक सेवा केन्द्र सञ्चालनमा ल्याउन कार्यविधि तयार गरेको हो । यसैगरी सरकारका प्रबक्ता हिक्मतकुमार कार्कीले बैठकले प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली २०७७ स्वीकृत गरेको छ । गतवर्ष निर्माण गरिएको प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन कार्यान्वयनका लागि नियमावलीलाई मन्त्री परिषद्को बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *