Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > भोजपुरका २ हजार ३ सय ३० घरको फुसको छानो हटाइने

भोजपुरका २ हजार ३ सय ३० घरको फुसको छानो हटाइने

भोजपुर २९ भाद्र

प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरका २ हजार ३ सय ३० घरको फुसको छानो हटाइने भएको छ ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यस बर्ष भोजपुरका २ हजार ३ सय ३० घरको फुसको छानो हटाएर जस्ता पाता लगाइने छ । यस बर्षको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत जिल्ला भित्र रहेका पालिकाहरु मध्येमा भोजपुर नगरपालिकाका २ सय ३९, षडानन्द नगरपालिकाका ३ सय ८३, पौवादुङमा गाउँपालिकामा २ सय २३ र टेम्के मैयुङ गाउँपालिकाका २ सय २५ घरको फुसको छाना हटने छ । यस्तै रामप्रसादराई गाउँपालिकाका २ सय ७१, साल्पासिलिछो गाउँपालिकाका २ सय, आमचोक गाउँपालिकामा २ सय ५४, हतुवागढी गाउँपालिकाका २ सय ८९ र अरुण गाउँपालिका भित्रका २ सय ४६ घर गरेर जिल्ला भरीका कुल २ हजार ३ सय ३० घरको फुसको छाना हट्ने छ । कार्यक्रममा परेका स्थानीय तहहरुले आआफनो वडा कार्यालयमा निवेदन दिनुपर्ने छ । कार्यक्रममा नपरेका स्थानीय तहका वडाहरुका लागि अर्को आर्थिक बर्षमा समेटिने कार्यक्रमकालागि पहल गर्नु भएका संघीय सांसद सुदन किराँतीले जानकारी दिनु भयो । यता अरुण गाउँपालिका वडा नम्वर २ चम्पेले यस आर्थिक बर्षमा वडा भित्रका ६ सय १० घरपरिवारका घरको छानामा जस्तापाता लगाउन सहयोग गर्ने भएको छ । वडा कार्यालयले यस बर्ष जस्तापाता खरिदका लागि ४ लाख २० हजार बजेट विनियोजन गरेको वडाध्यक्ष भुपाल राना मगरले बताउनु भयो । बिपन्न अवस्थाका कारण घरमा जस्तापाता लगाउन नसकेका घर परिवारले जस्तापाता लगाउन सहयोग पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *