बिराटनगर २८ भाद्र
कोरोना संक्रमितको उपचार सुरु गरेको विराटनगरस्थित न्यूरो कोभिड अस्पतालबाट एकजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानले भर्ना गर्न नमानेपछि गम्भीर अवस्थामा न्यूरो कोडिभ अस्पतालमा भर्ना गरिएका मोरङको कानेपोखरीका संक्रमित निको भएपछि परिवारमा खुसियाली छाएको छ । मोरङको कानेपोखरी–३ का ५२ वर्षीय अम्बिका नेपाली १४ दिनपछि आज निको भएर डिस्चार्ज हुनुभएको हो । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानले उपचार गर्न आनाकानी गरेपछि संक्रमितलाई न्यूरो कोभिड अस्पतालमा भर्ना गरिएको थियो । डाक्टर र नर्सहरुले १४ दिनसम्म अहोरात्र खटेर बिरामीलाई निको पारेको संक्रमितकी श्रीमती राधिका नेपालीले बताउनुभयो । उहाँले श्रीमानको प्रतिदिन दैनिय अवस्था हुँदै गइरहेको अवस्थामा न्यूरो अस्पतालका डाक्टर नर्सहरुले राम्रंो उपचार गरेर निको पारिदिएको भन्दै उहाँले धन्यवाद दिनुभयो । भदौ १३ गते विरामीको अक्सिजन मेन्टेनेन्स नभएको अवस्थामा अस्पतालमा भर्ना भएपछि रातदिन नभिनी खटेकै कारण संक्रमित नेपालीलाई बचाउन सफल भएको डा. साहिल अनसारी र नर्ससिङ्ग इन्र्चाज सुम्निमा घिमिरेको भनाई छ ।
अस्पतालमा कोराना संक्रमित नेपालीलाई पहिलोपटक उपचार गरेर डाक्टरहरुले निको पारेर उत्साह प्रदान गरेको अस्पतालका अप्रेशन डाइरेक्टर राजेश भट्टराईले बताउनुभयो । उहाँले अस्पतालमा कोरोना संक्रमितहरुका लागि भेन्टिलेटरसहितको वार्ड बनाउने तयारीमा समेत जुटेको बताउनुभयो ।