Friday, November 22, 2024
Home > खेलकुद समाचार > जापानी खेलाडी नाओमी ओसाकालाई दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि

जापानी खेलाडी नाओमी ओसाकालाई दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि

एजेन्सी २८ भाद्र
जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् ।
न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २–१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् । पहिलो सेट ६–१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६–३ र ६–३ ले बाँकी सेट आफ्नो पक्षमा पार्दै ट्रफी उचालेकी हुन् । सन् २०१३ पछि पहिलो पटक ग्राण्ड्सलामा फाइनल पुगेकी अजारेन्काले उपविजेतामै चित्त बुझाइन् । ओसाकाले यसअघि सन् २०१८ मा पनि युएस ओपन जितेकी थिइन् । यस्तै उनले २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि समेत जितेकी थिइन् । ओसाकाले फाइनल पुगेको तीनवटै अवसरमा उपाधि जितेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *