Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > विराटनगर महानगरपालिकाद्धारा आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताललाई हस्तान्तरण

विराटनगर महानगरपालिकाद्धारा आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताललाई हस्तान्तरण

बिराटनगर २८ भाद्र
निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा विभिन्न संस्था तथा व्यक्तिहरु मिलेर खरिद गरेको आरएनए एक्स्ट्राक्सन मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ ।
महानगरले कोशी अस्पताललाई हस्तान्तरण गर्नुअघि एक अनौपचारिक कार्यक्रमका बीच निजी क्षेत्रले सो मेसिन विराटनगर महानगरपालिकालाई प्रदान गरेको थियो । मेसिन सञ्चालनका लागि विराटनगर महानगरका मेयर भीम पराजुली र कोशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराई बीच सम्झौतापत्रमा हस्ताक्षर समेत भइसकेको छ । कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.चुमनलाल दासले मेसिन सञ्चालन भएसँगै द्रुतगतिमा सेवा दिन सकिने बताउनुभयो । यस्तै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले दाताहरुले दिएको मेसिनको अधितम सदुपयोग गर्न र सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । मेयर पराजुली र उद्योग संगठनका अध्यक्ष घिमिरेको सक्रियतामा मेसिन कोशी अस्पताललाई उपलब्ध गराइएको हो । समुदायस्तरमा फैलिरहेको कोभिड १९ को संक्रमण अवस्थालाई मध्यनजर गरी यसअघि निजी क्षेत्र र नागरिक समाजका तर्फबाट मूल्य अभिवृद्धी करसहित रु ३१ लाख ६४ हजारको १ थान पी.सी.आर मेसिन महानगरपालिकामार्फत कोशी अस्पताललाई सहयोग स्वरुप उपलब्ध गराइसकेको थियो । यस्तै मूल्य अभिवृद्धि करसहित ३२ लाख बराबरको १ थान आर.एन.ए. एक्स्ट्राक्सन मेसिनसमेत कोशी अस्पताललाई हस्तान्तरण गरिएको हो । अमेरिकन ब्राण्डको हाईमिडिया कम्पनीको आर.एन. ए. एक्स्ट्राक्सन मेसिन संचालनमा आएपछि २४ घण्टामा १ हजार ५ सयसम्म परिक्षण गर्न मिल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *