Friday, November 22, 2024
Home > मुख्य समाचार > नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुग्यो

काठमाण्डौ २७ भाद्र
कोरोना भाइरस (कोभिड—१९) बाट हिजो थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ जना पुरुषको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङमा ४० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षिय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षिय र नवलपरासीमा ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ । हिजो नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन । १० हजार ७ सय १ पीसीआर परीक्षण भएकोमा ४ सय ६३ महिला र ९ सय ९१ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ६ सय २०, भक्तपुरमा ३८ र ललिपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगै नेपालमा कोरोनाबाट स.क्रमित हुनेको सख्या ५१ हजार ९ सय १९ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ जना रहेको छ । देशका विभिन्न अस्पतालका आइसियुमा १ सय ७० जना र भेन्टिलेटरमा २५ जना जना संक्रमित उपचाररत रहेका छन । हिजो ९ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन । देशभरी हालसम्म ३६ हजार ६ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *