Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गरायो

प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गरायो

बिराटनगर २६ भाद्र
प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ ।
प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासन लगायतलाई आवश्यक रकम पठाएको हो । विभिन्न पालिका तथा अस्पतालहरुलाई प्रदेश सरकारले एक करोड १० लाख रकम पठाएको छ । मोरङ्गका सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई १०–१० लाख, धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई ५–५ लाखका दरले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाएको हो । त्यस्तै चौदण्डीगढी नगरपालिकालाई १० लाख, गौरीगञ्ज र कमल गाउँपालिकालाई ५–५ लाख रकम प्रदेश सरकारले पठाएको छ । इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पतालाई १५ लाख, झुम्का कारागारलाई १० लाख रकम पठाएको छ । सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसर भित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रकम प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो । स्थानीय पालिकाहरुको आवश्यकता र माग बमोजिक प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । कोभिड महामारीलाई पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *