Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > भोजपुरमा कोरोना संक्रमितको संख्या बढ्दै, हिजोबाट एक हप्ता लकडाउन

भोजपुरमा कोरोना संक्रमितको संख्या बढ्दै, हिजोबाट एक हप्ता लकडाउन

 

भोजपुर २६ भाद्र
भोजपुरमा थप तीन जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित देखिएकाहरुमा वैंकका कर्मचारी, हिरासतमा रहेका थुनुवा र होल्डिङ एरियामा रहेका १÷१ जना रहेका छन । संक्रमितहरुमा भोजपुरका २८ वर्षिय पुरुष, षडानन्द नगरपालिका ६ का २२ वर्षिय पुरुष र टेम्केमैयुङ गाउँपालिका २ का २१ वर्षिय पुरुष रहेका छन । यसैविच प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि हिजोबाट एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले आगामी भदौ मसान्तसम्म भोजपुर जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो । जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिकामा बुधबार मात्र ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ६ जनाको रिर्पोट आउन बाँकी छ । लकडाउनको समयमा अत्यावश्यक सेवाबाहेक जिल्लाभरका बजार, होटल, नाकाहरु, यातायातका साधनहरु, बैक, शैक्षिक संस्थाहरु, धार्मिक स्थलहरु, राजनीतिक दलका कार्यक्रमहरुलगायत बन्द गरिएको छ । लकडाउन उल्लंघन गरेको पाइएमा संक्रामक रोक ऐन २०२० अनुसार कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ । बैठकले कोरोना संक्रमण पुष्टि भएकाहरुसँगको सम्पर्कमा रहेकाहरुको पहिचान गरी जिल्ला स्वास्थ्य कार्यालयले पिसिआर परीक्षणको व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ । कोरोना संक्रमितलाई राख्न भोजपुर नगरपालिका वडा नम्बर ६ देउरालीमा बनाइएको आइसोलेसन वार्डमा बस्नेहरुका लागि सम्बन्धित निकाय र विपन्न असहायहरुका लागि सम्बन्धित स्थानीय तहले खाना र रेखदेखको ब्यवस्था गर्ने र सुरक्षाको जिम्मा जिल्ला प्रहरी कार्यालयले गर्ने निर्णयसमेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *