काठमाण्डौ २६ भाद्र
सरकारले सिफरिस गरेको तीनजना राजदूतहरुको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।
समितिको हिजो बसेको बैठकले राजकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । सरकारले खड्कालाई जर्मनी, राजभाण्डरीलाई बेल्जियम र युरोपियन युनियन तथा अधिकारीलाई पाकिस्तानको राजदूतकालागि सिफरिस गरेको थियो । प्रस्तावित राजदूतहरुको योग्यता, क्षमता र अनुभवका आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्र समिति (कार्य सञ्चालन) नियमावली २०७५ को नियम २६ को उपनियम (५) अनुसार समितिबाट नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्षमणलाल कर्णले बताउनुभयो । सभापति कर्णले समानुपातिक समावेशीताको सिद्धान्त अनुसार राजदूतहरुको नाम सिफारिस नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।