Saturday, November 23, 2024
Home > मुख्य समाचार > इटहरीलाई जंगलभित्रको सहर बनाउने उद्देश्यका साथ विरुवा गोडमेल अभियान सुरु

इटहरीलाई जंगलभित्रको सहर बनाउने उद्देश्यका साथ विरुवा गोडमेल अभियान सुरु

इटहरी २५ भाद्र
सम्पूर्ण राज्य संयन्त्र नै कोरोना भाइरस नियन्त्रणको अभियानमा केन्द्रीत भएका बेला सुनसरीको इटहरीमा भने फरक खाले अभियान सुरु गरिएको छ । इटहरीका युवा अभियन्ताहरुले इटहरीलाई जंगलभित्रको सहर बनाउने उद्देश्यका साथ विरुवा गोडमेल अभियान सुरु गरेका छन् । विश्व नै कोरोनाको चपेटामा परेको र इटहरी समेत कोरोनाको प्रभावित क्षेत्र भए पनि यहाँका युवा अभियन्ताहरुले भने सकरात्मक सन्देश दिने उद्देश्यका साथ गत साउनदेखि विरुवा गोडमेल अभियान सुरु गरेका हुन् । प्रत्येक हप्ताको शनिबार चल्ने यस अभियानमा इटहरी क्षेत्रभित्र जो कसैले रोपेका बिरुवा गोडमेल गर्ने गरिएको छ । जसअन्तर्गत एक बर्षमा १ लाख बिरुवा हुर्काउने र विश्वको सबैभन्दा ठुलो वातावरणिय अभियान बनाउने लक्ष्य रहेको अभियन्ता सुरेश कार्कीको भनाइ छ ।
हराभरा प्रकृति सुपर समृद्धि भन्ने मुल नाराका साथ हरेक सनिबार बिरुबा गोडमेल गर्ने गरिएको छ । उपमहानगरले वा बिभिन्न सामाजिक संघ संस्थाले रोपेका विरू गोड्ने र हुर्काउने जिम्मा ग्रिनमेन गोडमेल अभियानले लिएको छ । ‘रोपिएका हजारौँ बिरुवालाई अबको १० वर्षभित्र हुर्काइ इटहरीलाई हरियालीको सहर बनाउने योजना यस अभियानले लिएको छ । गत साउन १५ गतेबाट सुरू भएको गोडमेल अभियानमा नागरिक सहभागितामा २ घण्टामा २ हजार बिरुवा गोडिएको थियो । सोही अभियानलाई निरन्तररुपमा अघि बढाउँदै इटहरीलाई जंगलभित्रको शहर बनाउने बताइएको छ । यसमा सबै नगरबासीले सहयोग गरेर अघि बढ्नुपर्नेमा अभियन्ताहरुले जोड दिएका छन् ।
सहरलाई हराभरा बनाउन बोटबिरुवा खरिद गर्ने, रोप्ने तर संरक्षण नगर्ने प्रवृत्तिले बर्षेनि ठुलो बजेटसमेत दुरुपयोग भइरहेको छ । बिरुवा रोपेझैं गरेर गोडमेलको अभावमा त्यतिकै छाड्ने गरेको दृश्य हामी देखिरहेका हुन्छौं । सोही कुरालाई मध्यनजर गर्दै हरित नगरीको उपमा पाएको इटहरीलाई यथार्थमै हरित नगरी बनाउने उद्देश्यका साथ सुरु गरिएको गोडमेल अभियान निकै सह्रायीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *