Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > सामुदायिक भवनको शिलान्यास

सामुदायिक भवनको शिलान्यास

सुन्दरहरैँचा, मोरङ २५ भाद्र

मोरङको सुन्दरहरैंचा–११ स्थित श्री मक्करध्वन सामुदायिक संस्थाले निर्माण सामुदायिक भवनको शिलान्यास गरिएको छ ।
सुन्दरहरैंचा–११ र १२ को सिमानामा रहेको शुक्रबारेमा आयोजित एक कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझाले शिलान्यास गर्नुभयो । सो भवन शिलान्यास कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, उपमेयर धनमाया तामाङ, कोशीहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाई, नेकपा सुन्दरहरैँचाका अध्यक्ष केदार गुरागाई, सहरी विकास तथा भवन डिभिजन कार्यालय मोरङका प्रमुख रामशुभ्रम चौधरी, जग्गादाता लगायतको सहभागिता रहेको थियो । शिलान्यास गरिएको सामुदायिक भौतिक विकास मन्त्रालय, बहुवर्षीय योजनामा निर्माण सम्मन्न हुने उक्त भवन १ करोड ५० लाखमा ठेक्का सम्झौता भएको उक्त दुईतले भवनमा ९ कोठे रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *