Friday, November 22, 2024
Home > अन्तराष्ट्रिय समाचार > अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागो लागी हुदा ८ हजार ९३ वर्ग किलोमिटर क्षेत्रफलमा क्षति

अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागो लागी हुदा ८ हजार ९३ वर्ग किलोमिटर क्षेत्रफलमा क्षति

एजेन्सी २४ भाद्र
अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागेको भीषण डढेलोका कारण यो वर्ष मात्र ८ हजार ९३ वर्ग किलोमिटर क्षेत्रफलमा क्षति पुगेको छ । क्यालिफोर्नियाका ठाउँ–ठाउँमा भीषण डढेलो लागिरहको छ ।
डढेलोका कारण क्यालिफोर्नियाको तापक्रम पनि उच्च भएको छ । लस एन्जलसमा आईतबार ४९ दशमलव ४ डिग्रिसेल्सियस तापक्रम मापन गरिएको छ । तापक्रम उच्च हुनु तथा तातो हावा बहेकाले डढेलो नियन्त्रणमा चुनौती देखिएको बीबीसीले उल्लेख गरेको छ । डढेलो नियन्त्रणका लागि १४ हजार अग्नि नियन्त्रकलाई विभिन्न २४ स्थानमा खटाइएको छ । गत शुक्रबार मात्र क्रिक फायर नामको डडेलोले ३ सय १५ वर्ग किलोमिटर क्षेत्रमा क्षती पुगेको थियो । सो समयमा जंगलमा हाइकिङमा गएका २ सय जनालाई हवाई उद्धार गरिएको थियो । गर्भमा रहेको बच्चाको लिंग पहिचानको खुशी मनाउन जंगलमा आयोजना गरिएको उत्सवका कारण एल डोरेडोको जंगलमा डढेलो लागेको बीबीसीले जनाएको छ । सो क्षेत्रमा २८ बर्ग किलोमिटर क्षेत्रफलमा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *