Monday, November 25, 2024
Home > अन्तराष्ट्रिय समाचार > विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख नाग्यो

विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख नाग्यो

एजेन्सी २४ भाद्र
विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ ।
वल्र्डोमिटरका अनुसार केहीबेर अघि यो समाचार तयारपार्दासम्म विश्वभर ९ लाख आठसय ५८ जनाको मृत्यु भएको छ । विश्वमा दुई करोड ७७ लाख २१ हजार बढी कोरोनाभाइरस संक्रमित छन् । यसमध्ये एक करोड ९८ लाख भन्दा बढी व्यक्ति कोरोनामुक्त भएका छन् । हाल संक्रमितहरुमध्ये करिब ६० हजार तीनसय जनाको अवस्था गम्भीर छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोनाभाइरस संक्रमणको कारण संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६५ लाख १३ हजार बढि कोरोनाभाइरसका संक्रमित छन् । त्यहाँ ३७ लाख ९२ हजार जना कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख ९४ हजार बढि व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा ४३ लाख ६७ हजार भन्दा बढि कोरोनाभाइरस संक्रमित छन् । त्यहाँ ३३ लाख ९६ हजार कोरोनाभाइरसमुक्त भएका छन् भने ७३ हजार ९ सय २३ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ लख ६५ हजार भन्दा बढि कोरोना भाइरस संक्रमित रहेका छन् । त्यहाँ ३३ लाख ९७ हजार बढि कोरोना भाइरस मुक्त भएका छन् भने एक लाख २७ हजार पाँचसय १७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *