विराटनगर २३ भाद्र
लायन्स क्लब अफ विराटनगर शुभमले सुरु गरेको एक हप्ते रगत संकलन अभियान सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा लायन्स क्लब शुभमले भदौ १४ गतेदेखि सुरु भएको अभियान हिजो सम्पन्न भएको हो । पूर्वका स्वास्थ्य संस्थाहरुमा रगतको अभाव भएपछि क्लबले रक्तदान अभियान सञ्चालन गरेको थियो । रगतको चरम अभाव देखेर रगत संकलन गर्ने कार्यलाई क्लवका सबै सदस्यहरुको सहयोगबाट निरन्तरता दिएको क्लबकी अध्यक्ष मनिका शर्मा (चौहान) ले बताउनुभयो । क्लबले नेपाल रेडक्रस सोसाइटी मोरङ शाखामा कार्यरत सबै कर्मचारीहरुलाई एन नाइन्टी फाइब मास्क र सेनिटाइरज वितरण गरिएको थियो । रेडक्रसका सभापति सुवोधकुमार सिंहले रगतको अभाव भइरहेका बेला लायन्स क्लब अफ विराटनगर शुभमले सप्ताहव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो । अभियानअन्तर्गत १ सय पिन्ट रगत संकलन भएको संस्थाकी सदस्य सरस्वती सिटौलाले जानकारी दिनुभयो ।