Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > भोजपुरका तामाङलाई ९५ वर्षको उमेरमा पहिलोपटक नागरिकता

भोजपुरका तामाङलाई ९५ वर्षको उमेरमा पहिलोपटक नागरिकता

भोजपुर १९ भाद्र
भोजपुर नगरपालिका वडा नम्वर २ हेलौछाका स्थानीय वृद्ध बीरबहादुर तामाङले ९५ वर्षको उमेरमा पहिलोपटक नागरिकता लिनु भएको छ । १९ सय ८२ साल माघ १० गते जन्मिनु भएका तामाङको हालसम्म नागरिकता बनेको थिएन । जिल्ला प्रशासन कार्यालय भोजपुरबाट पहिलो पटक नागरिकता पाउनु भएका तामाङले अव भने राज्यबाट पाउने सेवा सुबिधा समेत पाउने भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनु भयो । तामाङलाई प्रमुख जिल्ला अधिकारी पुरीले जिल्ला प्रशासन कार्यालयबाट पहिलो पटक लिएको नागरिकता हस्तान्तरण गर्नु भएको थियो । तामाङलाई वडा कार्यालयको सिफारिस तथा अधिकारकर्मीको पहलमा नागरिकता वितरण गरिएको हो । परिवारका अन्य सदस्य कोही नभएका तामाङ उमेर हुँदासम्म दैनिक ज्याला मजदुरीमा काम गर्दै आएको तर अशक्त भएपछि घरमै बस्दै आउनु भएको थियो । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता नपाएका बृद्ध बृद्धालाई खोजी गरि नागरिकता प्रदान गर्दै आएको छ । यस अघि पनि जिल्ला प्रशासन कार्यालयले जनप्रतिनिधी, सामाजिक अभियन्ता लगायतको पहलमा ३ जनालाई नागरिकता प्रदान गरि सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *