Friday, November 22, 2024
Home > मुख्य समाचार > मोरङमा जारी गरिएको जोरबिजोर प्रणाली कार्यान्वयनमा कडाइ, नियन्त्रणमा लिएका सवारीलाई ५ सय रुपैयाँसम्म जरिवाना

मोरङमा जारी गरिएको जोरबिजोर प्रणाली कार्यान्वयनमा कडाइ, नियन्त्रणमा लिएका सवारीलाई ५ सय रुपैयाँसम्म जरिवाना

विराटनगर १९ भाद्र

मोरङमा जोरबिजोर प्रणाली लागू भएको दोस्रो दिनबाट प्रहरीले कडाई गर्न थालेको छ । जोरबिजोर उल्लंघन गरि सवारीसाधन कुदाउनेलाई प्रहरीले कारबाही गर्न सुरु गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले भदौ १७ बाट २२ गतेसम्मका लागि मोरङमा जोरविजोर प्रणालीबाट सवारीसाधनहरु संचालन गर्नुपर्ने सूचना जारी गरेको थियो । यद्यपि सो सुचनालाई अटेर गरि पर्याप्त संख्याका सवारीसाधनहरु सडकमा कुुदेका छन् । सूचना जारी भएको पहिलो दिन नियम उल्लंघन गर्नेलाई सम्झाईबुझाई गरेको प्रहरीले दोस्रो दिनबाट भने कडाई गर्न थालेको छ । जनपद प्रहरी तथा ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानसहित विराटनगर महानगरपालिकाका सडकहरुमा चेकप्वाईन्ट राखेर जोरविजोर नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन थालेको छ । बिहीबार एकाबिहानैबाट प्रहरीले नियम उल्लंघन गर्नेलाई ठाउठाँउमा होल्ड गर्ने र जरिवाना गर्ने कार्य सुरु गरेको थियो । नियम उल्लंघन गर्नेलाई प्रहरीले ठाउँठाँउमा रोक्न थालेपछि विराटनगर महानगरपालकाका विभिन्न चोकहरुमा सवारीचाकहरुको भीड लागेको थियो । चेकिङमा परेका कतिपय सवारीचालकहरुले जोरबिजोरका बिषयमा आफूहरुलाई थाहा नभएको दाबी गरेका थिए । प्रहरीले मोरङका विभिन्न स्थानका साथै विराटनगर महानगरपालिकाको शहीद मार्ग,जलजलाचोक, तीनपैनीचोकसहित बसपार्क, बरगाछी, कंचनवारी र ढाटलगायतका एक दर्जन स्थानमा चेक प्वाईन्ट राखेर कडाई गर्न थालेको छ । जोरविजोर नियम उल्लंघन गरि सडकमा निस्किएका सवारीसाधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि साना सवारीसाधन प्रयोग गरि जिल्लाका अन्य स्थानमा हिंडेका यात्रुसमेत समस्यामा परेका थिए । सुन्दरहरैंचाकी कल्पना चौधरीले सडकमा निस्किएको सिटिसफारी रिजर्भ गरेर घरतर्फ जान लाग्दा घन्टौं सडकमै रोकिनु परेको थियो । नियन्त्रणमा लिएका सवारीसाधनलाई प्रहरीले सडकमा घन्टौंसम्म होल्ड गरेको थियो भने जरिवानास्वरुप ५ सयको रसिद काटेको थियो । सूचना जारी भएको पहिलोदिनबाटै उल्लंघन गर्ने प्रवृत्ति बढेपछि दोस्रो दिनबाट कडाइ गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख राकेशकुमार पोदारले जिल्लाभरि चेकप्वाईन्ट राखेर कडाई गर्न थालिएको बताउनुभयो । विराटनगर महानगरपालिकाका अतिरिक्त जिल्लाभरिका थप १६ स्थानमा चेकप्वाइन्ट राखिएको ट्राफिक प्रमुख पोदारले जानकारी दिनुभयो । यो अवधिमा अस्पताल,बैंक र बित्तिय संस्थाका सवारीसाधनका साथै अत्यावश्कीय सेवाका सवारीसाधनलाई निर्वाध आउजाउ गर्न दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *