एजेन्सी १८ भाद्र
अष्ट्रेलियाको अर्थतन्त्रमा तीन दशकयताकै पहिलोपटक गम्भीर मन्दी आएको छ ।
कोभिड १९ का कारण आर्थिक गतिविधिमा असर पर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा इतिहासमै ठूलो गिरावट आएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात अप्रिल जुनमा अष्ट्रेलियाको अर्थतन्त्रमा सात प्रतिशतले गिरावट आएको हो । यसअघि पहिलो त्रैमासिकमा ०.३ प्रतिशतको गिरावट आएको थियो । लगातार दुई त्रैमासिकमा आर्थिक वृद्धि नकारात्मक रहेमा अर्थतन्त्रमा मन्दी आएको मानिन्छ । सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीमा समस्याबाट मुक्त रहेको एक मात्र अष्ट्रेलियाली अर्थतन्त्रमा कोरोना भाइरसको महामारीको प्रभाव अति नराम्रोसँग परेको देखिएको छ । अष्ट्रेलियामा सन् १९५९ यता आर्थिक वृद्धिको तथ्यांक राख्न थालिए यता सबैभन्दा ठूलो गिरावट आएको हो । अष्ट्रेलियाले यसअघि सन् १९९० को मध्यमा आर्थिक मन्दीको सामना गरेको थियो । त्यसबेला आर्थिक मन्दी सन् १९९१ सम्म चलेको थियो ।