Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > शान्ति गुरुङको स्वास्थ्य उपचारका लागि नेपाल तरुण दल युवा समिति कटहरी–४ मोरङले आर्थिक सहयोग प्रदान

शान्ति गुरुङको स्वास्थ्य उपचारका लागि नेपाल तरुण दल युवा समिति कटहरी–४ मोरङले आर्थिक सहयोग प्रदान

मोरङ १८ भाद्र
नेपाल तरुण दल युवा समिति कटहरी–४ मोरङले ३५ वर्षीय शान्ति गुरुङको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
परिवारको आर्थिक अवस्था कमजोर हुँदा कटहरी गाउँपालिका–७ स्थित हुरहुरीया टोलकी–३५ वर्षीया शान्ति गुरुङ स्वास्थ्य उपचार गराउन नेपाली कांग्रेसको भातृसंगठन तरुण दल युवा समिति कटहरी–४ ले आज सहयोग गरेको हो । मकालु टेलिभिजनबाट केही दिन अगाडि गुरुङको स्वास्थ्य उपचारमा आर्थिक अभाव सम्बन्धी रिपोर्ट प्रसारण गरेको थियो । मकालुको समाचार हेरेपछि आफूहरुले मानवीयताको नाताले ५ हजार रुपैयाँ सहयोग गरेको तरुण दल युवा समिति कटहरी–४ का सभापति जय पासवानले बताउनुभयो । बिरामीको अवस्था दयनीय देखेर सहयोग गरेको उहाँले जानकारी दिनुभयो । आफूहरुले सहयोगका लागि थप पहल गरिरहेको उहाँको भनाइ छ । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले समेत सहयोगका लागि आग्रह गर्नुभयो । विरामी शान्तिको उपचारका लागि वडा अध्यक्ष मन्टु शेख, क्षेत्र नंः ४ का तरुण दल क्षेत्रीय सभापती मुकेश कार्कीलगायत युवाहरुबाट संकलन गरिएको रकम सहयोग गरेको सभापती पासवानले जानकारी दिनुभयो । यस्तै सो अवसरमा गुरुङका परिवारलाई खाद्य सामग्रीसमेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *