बिरगंज १७ भाद्र
भारतसँग सीमा जोडिएका तराईका बारा र पर्सा जिल्लामा खुला सीमाबाट आवात जावत भईरहेको समाचार बाहिरिएपछि सशस्त्र प्रहरीका महानिरीक्षकले सीमा क्षेत्रको आज आकस्मिक निरिक्षण गर्नुभएको छ ।
छिनमस्ता बाहिनीका सशस्त्र प्रहरी महानिरीक्षक कृष्ण ब्रम्हचार्यले नेपाल भारतको पर्सा र बारा जिल्लास्थित सीमाको आकस्मिक निरीक्षण गर्नुभएको हो । निषेधाज्ञाको समयमा पनि खुल्ला सिमानाबाट आवत जावत र तस्करी समेत हुने गरेको समाचार सम्प्रेषण भएपछि आकस्मिक रुपमा उहाले निरीक्षण गर्नुभएको हो । उहाँले पर्साको मुख्य प्रवेशद्वार मितेरी पुल , अलौं , सिर्सिया तथा बाराको सिमामा पर्ने बलिरामपुर , मुसहरवा कोल्वीको सिमा नाका अनुगमन गर्नुभएको हो । सिमावर्ती क्षेत्रमा गएर सीमा सुरक्षा बारे उहाँले जानकारी समेत लिनु भएको छ । निरीक्षणका क्रममा डि.आई.जी ब्रमहचार्यले खुला सिमानामा आवत जावतमा कडाई गरिएको बताउँदै अझ कडा निगरानी गरिने र अबैध आवत जावत गर्नेलाई कारवाही सुरु गरि सकिएको बताउनुभयो । उहाँले सीमा नाकामा कडाईका लागि थप जनशक्ति बोर्डर आउट पोष्टमा पठाउँनुका साथै सीमा नाकामा ओहोर दोहोरलाई रोक्न मोवाईल पेट्रोलिङ्ग , गोवाईन्ट पेट्ररोलिङ्ग , साईकल , मोटरसाईकल उपलब्ध गराई निगरानी बढाउँने जानकारी दिनुभयो । कोभिड संक्रमण नियन्त्रण गर्न ढुवानी बाहेक नेपाल भारत खुला सीमालाई पुर्ण रुपमा सिल गरिएको छ ।