Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > बारामा लगाएको निषेधाज्ञा आजबाट केही खुकुलोे बनाईदै

बारामा लगाएको निषेधाज्ञा आजबाट केही खुकुलोे बनाईदै

बारा १७ भाद्र
जिल्ला प्रशासन कार्यालय बाराले कोरोना संक्रमण फैलिएपछि बारामा गत साउन १८ गतेदेखि लगाएको निषेधाज्ञा आजबाट केही खुकुलोे बनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी सामान्य जनजीवन सहज बनाउँदै लगिने निर्णय गरेको छ । बिहान १० बजेदेखि ४ बजेसम्म सबै व्यवसाय खोल्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समिति र डि.सि.सि.एम.सीको बैठकले आज बिहान ५ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम जिल्लाका सबै स्थानीय तहहरुमा जारी निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको प्रजिअ पण्डितले बताउनुभयो । त्यसैगरी सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कार्यालय प्रमुखसहित ५० प्रतिशत स्थानीय आवासीय कर्मचारीहरुमार्फत कार्यालयको काम सम्पादन गर्ने, प्रत्यक्ष जनसम्पर्क हुँने कार्यालयहरुले भने स्थानीय तहअनुसारको आलोपालो सेवा प्रवाह हुने गरी भदौ १७ गतेदेखि सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय भएको छ । बैठकले बैंक तथा वित्तिय संस्था र उद्योग, व्यवसाय, प्रतिष्ठानहरु तथा निर्माण कार्य सञ्चालन गर्दा सम्भावित कोरोना संक्रमण जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गरेको छ । बारामा कोरोना संक्रमितको संख्या ९ सय ३० पुगेको छ । यस्तै संक्रमणका कारण १५ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *