विराटनगर १६ भाद्र
महानगरपालिका क्षेत्र भित्रका एक दर्जन अपाङ्गतावरण गरेका व्यक्तिहरुलाई नगरमा सक्रिय युवाअभियन्ताहरुको समूहले राहत स्वरुप खाद्यन्न वितरण गरेको छ । विराटनगर स्थित सन्सारी माईस्थानमा समूहले नगर क्षेत्र भित्रका अपाङ्गतावरण गरेका व्यक्तिहरुलाई आज राहत स्वरुप खाद्यन्न वितरण गरेको हो । निशेषधाज्ञा रहेको समयमा खानाको समस्या भएको देखेर सामाजिक दुरी कायम राखी राहत स्वरुप खाद्यन्न वितरण गरिएको युवा अभियन्ता ओसिम आलमले बताउनुभयो । दैनिकी कष्टकर बनेको देखेर प्रतिब्यक्ति १३ किलो चामलसहित दाल, नुन, खाने तेल, लगायतका खाद्य सामग्री हस्तान्तरण गरेको बताउनुभयो । निशेषधाज्ञाको प्रभावले खान लगाउन समस्या परेको बेला नगर क्षेत्रभित्रका युवाहरुले राहत सहयोग गरेकोमा अपाङ्गतावरण गरेका सन्जय थापा मगरले धन्यवाद दिनुभएको छ । राहतले एक हप्ताका लागि जोहो भएको उहाँले बताउनुभयो । युवा अभिन्यताहरुले आवश्यक परेको खण्डमा फेरि पनि सहयोग जुटाउने प्रतिवद्धता जनाएका छन ।