Thursday, November 21, 2024
Home > अन्तराष्ट्रिय समाचार > कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्यामा पनि भारत तेस्रो स्थानमा

कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्यामा पनि भारत तेस्रो स्थानमा

एजेन्सी १५ भाद्र

कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्यामा पनि भारत तेस्रो स्थानमा आइपुगेको छ । भारतले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा मेक्सिकोलाई पछि पारेको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ६४ हजार ४६९ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण ९७१ जनाको मृत्यु भएको हो । मेक्सिकोमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६४ हजार १५८ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३६ लाख नाघेको छ । भारतमा अहिलेसम्म ३६ लाख २१ हजार २४६ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ७८ हजार ५१२ नयाँ संक्रमित थपिएका हुन् । भारतमा अहिलेसम्म २७ लाख ७४ हजार ८०२ संक्रमित निको भएर घर फर्किसकेका छन् भने ७ लाख ८१ हजार ९७५ संक्रमित निको हुन बाँकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *