Friday, November 22, 2024
Home > अन्तराष्ट्रिय समाचार > युवा पुस्ताले कोरोना भाइरसको महामारी फैलाए,डब्ल्यूएचओ

युवा पुस्ताले कोरोना भाइरसको महामारी फैलाए,डब्ल्यूएचओ

एजेन्सी ३ भाद्र
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युवा पुस्ताले कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलाइरहेको बताएको छ ।
डब्ल्यूएचओको वेस्टर्न प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक टाकेसी कासाईले २० देखि ४० को दशकको उमेर भएका मानिसहरुले उल्लेख्य मात्रामा कोरोना भाइरसको संक्रमण फैलाइरहेको बताएका हुन् । यी उमेर समूहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको छ । रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै अझै सतर्क रहन संगठनले जोड दिएको छ । यसैबीच, उत्तर अमेरिका र एसियाका केहि क्षेत्रमा कोरोना भाइरसको म्यूटेशन अर्थात भाईरसको जीनमा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । सो परिवर्तन अत्याधिक संक्रामक हुनसक्ने भए पनि कम घातक रहेको पनि पत्ता लागेको हो । इन्टरनेश्नल सोसाईटी अफ इन्फेक्शस डिजीजेजका नव निर्वाचित अध्यक्ष पौल टेम्बियाले केहि देशमा भाइरसको जीनमा आएको परिवर्तनले त्यहाँ मृत्युदर कम देखिएकाले कम घातक हुँदै गएको देखिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *