Friday, November 22, 2024
Home > मुख्य समाचार > जीर्ण काठे पुलबाट जोखिमपुर्णरुपमा आवातजावत गर्न कटहरीका स्थानीय बाध्य

जीर्ण काठे पुलबाट जोखिमपुर्णरुपमा आवातजावत गर्न कटहरीका स्थानीय बाध्य

मोरङ । मोरङको कटहरी गाँउपालिकाका बासिन्दा जीर्ण भएको काठे पुलबाट जोखिमपुर्णरुपमा आवातजावत गर्दै आएका छन । नजिकै अर्काे विकल्प नभएका कारण उनीहरु धरापको रुपमा रहेको पुलबाट यात्रा गर्न बाध्य छन ।

कटहरी गाँउपालिकाको वडानम्बर ६ केशोरियामा रहेको जुडी खोलामाथि रहेको यो पुलको पिलरमा प्रयोग गरिएको काठका खम्बाहरु कमजोर भईसकेका छन भने पुलको सतहकोरुपमा प्रयोग गरिएका काठका फ्ल्याकहरु मक्किसकेका छन । जुनसुकै बेला आफै ढल्ने अवस्थामा रहेको यो पुलमा पटकपटक दुर्घटना समेत हुँदै आएको स्थानीयले बताएका छन । पुलको सतहका रुपमा प्रयोग गरिएका काठहरु मक्किएका कारण हिंडदाहिंड्दै पैदलयात्रुहरु भ्वाङमा परेर घाईते हुने गरेका छन भने साना सवारी चालकहरु पुलरुपी धरापमा पर्ने गरेको छ । नेपाली काँग्रेसका नेता महेश आचार्य अर्थमन्त्री भएको बेला दुई दशक अगाडि निर्माण गरिएको सो पुलको विकल्प नखोजिएको र मर्मत सम्भारमा समेत उचित ध्यान नदिइएका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको हो । पुल जीर्ण भएकै कारण विराटनगरबाट जाने विद्यालयहरुका बस पुल पारीसम्म नजाने कारणले त्यसक्षेत्रका विद्यार्थीहरुले समस्या झेल्दै आएका छन । दैनिकरुपमा सो पुल प्रयोग गर्नुपर्ने विद्यार्थीहरु पुल पारगर्ने क्रममा घाईते हुंदै आएको कटहरी–७ की छात्रा राधाकुमारी यादवको भनाई छ ।

कटहरीको मर्चनिया,हुरहुरियासहित धनपालथान गाँउपालिकाका सर्वसाधारणले प्रदेश एकको राजधानी विराटनगर ओहोरदोहोर गर्न सो पुल प्रयोग गर्दै आएका छन । पुल जीर्ण भएपछि स्थानियवासीले नयाँ पक्की पुल निर्माणको प्रयास भने नगरेका हैनन । सर्वसाधारणको समस्याहरुका बिषयमा स्थानिय जनप्रतिनिधिलाई पटकपटक जानकारी गराएपनि हालसम्म आश्वासन बाहेक केहि हासिल हुन नसकेको स्थानीयले बताएका छन । सो बिषयमा प्रतिक्रिया दिनुहुँदै कटहरी गाँउपालिकाका अध्यक्ष रामकुमार कामतले गाँउपालिकाको लगानीबाट पुल निर्माण सम्भव नरहेको बताउनुभयो । उहाँले प्रदेशबाट उक्त पुलका निम्ति बजेट समेत बिनियोजन भइसकेको कुरा आफुले सुनेपनि पुर्ण जानकार नरहेको प्रतिक्रिया दिनुभयो । संघ र प्रदेशले गर्ने कार्य स्थानिय तहलाई जानकारी नगराउने विडम्बनाका कारण आफु समेत अनभिज्ञ रहेको उहाँको भनाई छ ।

तत्कालका लागि मर्मत सम्भार तथा छेकबार गरेर पनि पुललाई सुरक्षित गर्न सकिने भएपनि त्यसतर्फ कसैको ध्यान नगएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *