Monday, November 25, 2024
Home > खेलकुद समाचार > इनरुवमा राष्ट्रिय स्तरका प्रतियोगिता धमाधम हुँदै

इनरुवमा राष्ट्रिय स्तरका प्रतियोगिता धमाधम हुँदै

पछिल्लो केहि समययता सुनसरीको इनरुवामा एकपछि अर्को राष्ट्रिय क्रिकेट प्रतियोगिता भैरहेका छन् । खेलकुदलाई प्राथमिकतामा राखेको इनरुवा नगरपालिकाले खेल क्षेत्रको विकासमा पुर्याउँदै आएको सहयोगकै कारण स्थानीय स्तरमा एक पछि अर्को राष्ट्रिय स्तरका प्रतियोगिता धमाधम भैरहेका छन् ।

रात्रिकालीन क्रिकेट मात्रै नभएर रात्रिकालीन फुटबल समेत गराइसकेको इनरुवाले क्रिकेटको फर्मेटमा टी २० र टी १० प्रतियोगिता गराई सकेको छ । मोफसलमै पहिलो पटक एक दिवसीय क्रिकेट प्रतियोगिता गराउन सफल इनरुवामा यतिबेला दोस्रो संस्करणको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता भैरहेको छ । एक करोड बढी खर्च हुने अनुमान गरिएको प्रतियोगिता मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश नम्बर एकले आयोजना गरेको हो । प्रतियोगिताको जारी संस्करण अघिल्लोे संस्करण भन्दा भिन्न बनेको छ । प्रतियोगितामा सहभागि भएका टिममा राष्ट्रिय खेलाडीहरुको बाहुल्यता छ । तीन विभागीय सहित सात वटै प्रदेशलाई प्रतियोगितामा सहभागी गराउन सफल आयोजकले अन्र्तराष्ट्रिय टिमलाई समेत मैदानमा उतारेको छ । मलेसियाको राष्ट्रिय टिमलाई इनरुवा मैदानमा उतार्न सफल बनेको आयोजक प्रतियोगिताका कारण निकै हौसिएको छ ।

प्रतियोगिता जारी रहँदा विभागीय टिमहरुकै बोलबाला देखिएको छ । आर्मी र एपीएफ एकै समूहमा परेका कारण उत्कृष्ट प्रर्दशनका बाबजुत अंक तालिकामा दोस्रो हुँदै एपीएफ भने प्रतियोगिताबाट बाहिरिंदा नेपाल पुलिस र आर्मीले सेमीफाइनलमा स्थान पक्का गरिसकेका छन् । राखेपले समेत प्रतियोगितालाई प्राथमिकतामा राखी आवश्यक साथ र सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत जनाई सकेको छ । एमएम कपलाई क्यानले वार्षिक क्यालेन्डरमा समेत समावेश गरि सकेको छ । खेलकुदको विकास र खेलकुदकै माध्यमबाट नगरको पहिचान दिलाउन सहयोग उपलब्ध गराउँदै आएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।  इनरुवामा जारी एमएम कप अन्र्तगत अहिले सम्म समूह सी सम्मका सबै खेलहरु सकिएका छन् । प्रतियोगिताको फाइनल खेल माघ ४ गते आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *