Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > विधिको शासन, आर्थिक अनुशासन भएमात्र लोकतन्त्रको जग बलियो बन्ने पूर्व राष्ट्रपति यादवको भनाइ

विधिको शासन, आर्थिक अनुशासन भएमात्र लोकतन्त्रको जग बलियो बन्ने पूर्व राष्ट्रपति यादवको भनाइ

पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले विधिको शासन, शुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमात्र लोकतन्त्रको जग बलियो बनेर जाने बताउनुभएको छ ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले देशबासीको सह अस्तित्व, समुदायमा एकता, समुदायको भवनालाई जोडेर हिड्नु पर्ने दायित्व सरकार र संघीय सभामा रहेको बताउनुभयो । मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने उहाँको भनाई थियो । तीन तहका सरकारबीचको समन्वयले मात्रै देश विकासको काम सम्भव रहेको बताउँदै उहाँले राष्ट्रको समस्या संघीय सभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *