Friday, November 22, 2024
Home > मुख्य समाचार > नेपालबाट खण्डग्रास चन्द्रग्रहण आज देखिने

नेपालबाट खण्डग्रास चन्द्रग्रहण आज देखिने

नेपालबाट खण्डग्रास चन्द्रग्रहण आज देखिने छ ।

ग्रहण राती १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजे सम्म चार घण्टा ८ मिनेट सम्म रहनेछ । बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिकिा कार्यकारी निर्देशक सनतकुमार शर्माले चन्द्रग्रहण पातलो छाया र खण्डग्रास मात्र देखिने बताउनुभयो । सन् २०२० मा विश्वका विभिन्न भागबाट दुई वटा सुर्यग्रहण र चारवटा चन्द्र ग्रहण देखिनेछ । यो ग्रहण नेपाल, भारत लगायत एसिया, अफ्रिका र अष्ट्रेलियाको पुरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ । ग्रहणको अधिकतम अवस्थामा चन्द्रमालाई एउटा गहिरो छायाले ढाकेको देख्न सकिने शर्माले बताउनुभयो । पृथ्वीले सुर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छन । पृथ्वी सुर्यको परिक्रमा गर्दै चन्द्रमा र सुर्यको बीचमा आउँदा चन्द्रमा पृथ्वीमा छोपिन्छ र त्यहाँ सुर्यको किरण पुग्न नपाइ चन्द्रग्रहण लाग्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *