Friday, November 22, 2024
Home > मुख्य समाचार > टेलिकमले जडान गरेका टावरहरुमा बिद्युत सेवा नपुग्दा स्थानीय संचार सेवाबाट बञ्चित

टेलिकमले जडान गरेका टावरहरुमा बिद्युत सेवा नपुग्दा स्थानीय संचार सेवाबाट बञ्चित

पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणमा रहेको गाउँपालिकाहरुमा सञ्चारको पहुँच त पुगेको छ तर टेलिकमले जडान गरेका टावरहरुमा बिद्युत सेवा नपुग्दा स्थानीय संचार सेवाबाट बञ्चित हुँदै आएका छन् ।

जिल्लाको दक्षिणमा रहेका हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाका स्थानियहरुको मोवाइल फोन बिहानी पख र साँझ परेपछि स्वीच अफ हुने गरेको छ । यसको कारण यस क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरले काम नगर्नु हो । यस ठाउँको संचारको साधन भनेको मोवाइल मात्र हो । बादल लागेको मौसममा समेत फोन केही नबुझिने र साँझ परेपछि त टावर नै जाने स्थानियको गुनासो रहेको छ । कुनै आपतविपत परिहाल्यो भने पनि कसैसँग सम्पर्क गर्न नसकिने उनीहरुको भनाइ छ ।

दक्षिणी क्षेत्रका जनतालाई मध्येनजर गर्दै यी ठाउँहरुमा नेपाल टेलिकमको टावर निर्माण गरिएको हो । उच्च ठाउँमा टावर राख्नुपर्ने र चिसो मौसम तथा बादल लागेको बेला सोलारले काम नगरेपछि यस्तो समस्या भएको हो । दिउँसोको सयममा जेनतेन टावर सञ्चालन भए पनि साँझ परेपछि विद्युत नहुँदा समस्या भएको नेपाल टेलिकम भोजपुरले जनाएको छ । स्थानिय सरकारले पनि यो कामलाई चासोको साथ लिएको छ । संचार जस्तो महत्वपुर्ण सेवाबाट कोही पनि वञ्चित हुन नहुने भन्दै अव स्थानिय लघु जलविद्युत आयोजनासँग कुरा गरेर टावरमा विद्युतको व्यवस्था गरिने जिल्ला समन्वय समिति भोजपुरकी सदस्य सविना राईको भनाइ छ ।

गाउँमा सेवा पुगेर पनि स्थानीयले नियमित प्रयोग गर्न नपाउनु दुःखको कुरा हो, विद्युतको वैकल्पिक व्यवस्था गरेर भए पनि सेवा नियमित गराउन सरोकारवालाले ध्यान दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *