Friday, November 22, 2024
Home > मुख्य समाचार > आलोचनाबाट जोगिन सरकारले सूचना प्रविधि विधेयक ल्याएको नेता थापाको आरोप

आलोचनाबाट जोगिन सरकारले सूचना प्रविधि विधेयक ल्याएको नेता थापाको आरोप

नेपाली कांग्रेसका युवा नेता गगन थापाले काम गरेर जनताकोे मन जित्न नसकेपछि आलोचनाबाट जोगिन सूचना प्रविधि विधेयक ल्याएको आरोप लगाउनुभएको छ ।

नेपाल विद्यार्थी संघले नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने विधेयकहरु विरुद्ध आज काठमाडौको माईतीघर मण्डलामा गरेको सभालाई सम्बोधन गर्दै उहाँले कमजोर सरकारले कानून बनाएरै जनताको मुख थुन्ने प्रयास गरेको दाबी गर्नुभयो । उहाँले विधेयक नपढीकनै विरोध गरिएको भन्ने विभागिय मन्त्रीको भनाई प्रति पनि आपत्ति जनाउनुभयो । विधेयकका सबै दफा दफामा आफु छलफल गर्न तयार रहेको भन्दै उहाँले छलफल कहाँ गर्ने भनी प्रश्न गर्नुभयो । उहाँले विधेयकका दफा दफामा छलफल गर्न विभागिय मन्त्रीलाई चुनौति नै दिनुभयो । उहाँले सुचनाको हकको अधिकार कुण्ठित गर्ने हो भने नेपालको संविधान क्युवा र उत्तर कोरियाको संविधान भन्दा भिन्न नरहने दाबी पनि उहाँले गर्नुभयो ।

उहाँले प्रधानमन्त्री कमजोर भएर सरकारका कामकारवाहीप्रति सचेत जनताको मुख थुन्न गलत नियतका साथ विधेयक ल्याईएको दाबी गर्नुभयो । सामाजिक सञ्जालमा आएका टिप्पणी र आलोचना सहने हिम्मत नभएपछि सरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्ने नियत साथ विधेयक ल्याएको आरोप पनि उहाँले लगाउनुभयो । विरोधसभा अघि विद्यार्थीले अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने गरि विधेयक ल्याईएको भन्दै सूचना प्रविधि विधेयक खारेजीको माग गर्दे नाराबाजी सहित र्याली गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *