Friday, November 22, 2024
Home > मुख्य समाचार > पक्राउ परेका १२२ जना चिनियाँ नागरिक जनही एक हजार जरिवाना तिरेर थुनामुक्त

पक्राउ परेका १२२ जना चिनियाँ नागरिक जनही एक हजार जरिवाना तिरेर थुनामुक्त

काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिक जिल्ला प्रशासन कार्यालय काठमाडौमा जनही एक हजार जरिवाना तिरेर थुनामुक्त भएका छन ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो । सो कसुरमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनहीँ एक हजार रूपैयाँ जरिवाना हुने फैसला गर्नुभएको हो । एक हजार रूपैयाँ तिरेपछि प्रहरीले चिनियाँलाई थुनामुक्त गरेको छ । उनीहरूलाई अध्यागमन विभागमा बुझाउने तयारी थालिएको परिसरले जनाएको छ । आज नै उनीहरूलाई अध्यागमनको जिम्मा लगाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *