Friday, November 22, 2024
Home > मुख्य समाचार > सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु

सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु

अनुयायी बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु भएको छ ।

सुनसरी जिल्ला अदालत इनरुवामा थुनछेकका लागि न्यायाधिशहरु बिचमा गोला हानिए पछि गिरी उपरको अदालती प्रकृया अघिबढेको हो । गिरीको मुद्धा सुनसरी जिल्ला अदालतका मूख्यन्यायाधिश राधाकृष्ण उप्रेतीको बेन्चमा परेको छ । यसैबिच कृष्णदासलाई समेत अदालतमा उपस्थित गराइएको छ । कृष्णदासलाई एम्बुलेन्समा राखी अदालत उपस्थित गराइएको छ । अदालतमा अब कृष्णदासको बयान लिइने छ । बयान सकिएपछि थुनछेकको प्रकृया अघि बढ्ने छ । यसैबिच अदालत परिसर बाहिर कृष्णदासको सर्मथनमा भेला भएका अनुयायीहरुले सीतारामको जाप थालेका छन् ।पीडित महिलाको पक्षमा समेत नाबाराजी सुरु भएको छ । महिला अधिकारका क्षेत्रका कार्यरत संघसंस्थाको अगुवाईमा कृष्णदासलाई कार्वाहीको माग गर्दै नाराबाजी भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *