Friday, November 22, 2024
Home > आर्थिक समाचार > सरकारले उखुको खरिद मूल्य तोक्यो

सरकारले उखुको खरिद मूल्य तोक्यो

सरकारले उखुको खरिद मूल्य तोकेको छ ।

मन्त्रिपरिषद्को गएको सोमबार बसेको बैठकले चालू आर्थिक वर्षका लागि उखुको खरिद मूल्य तोकेको हो । बैठकले उखुको न्यूनतम् लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरी चालू आर्थिक वर्ष २०७६÷७७ को खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गर्न स्वीकृति प्रदान गरेको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । आज सन्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सो मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १३ ओटा निर्णयहरु सार्वजनिक गरेका हुन् । यसैबीच मन्त्री बाँस्कोटाले सरकारसँग बहुमत नगुमेकाले विश्वासको मत लिनुपर्ने वा नपर्ने भन्ने बहस अर्थहीन भएको बताउनुभएको छ । आज सिंहदरबारमा मन्त्रीपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले विश्वासको मत लिनका लागि कुनै नैतिक, राजनीतिक तथा संवैधानिक दवाव सिर्जना नभएको बताउनुभएको हो । उहाँले विश्वासको मत लिनु परेपनि कुनै महाभारत नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री २०७४ फागुन ३ गते निर्वाचित हुँदा नै बहुमत भएकाले र केही दल पछि मात्रै सामेल भएको बताउँदै उनीहरुले छाड्दैमा सरकार नढल्ने बताउनुभयो । त्यस्तै मन्त्री बाँस्कोटाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) इन्डोप्यासिफिक रणनीतिसँग नजोडिएको स्पस्ट पार्नुभएको छ ।

मन्त्री बाँस्कोटाले देशमा अर्को केही नभएको जस्तो गरी गोकर्ण रिसोर्ट र नेपाल ट्रस्टको कुरा आएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *